बालबालिकाको अधिकार सुरक्षित गर्न र सबैभन्दा जोखिममा रहेका समूहसम्म राज्यका सेवा पु¥याउन र सामाजिक सुरक्षा भत्ता प्रणालीलाई प्रभावकारी बनाउनु अपरिहार्य छ । तर, अझैपनि स्थानीय तहसम्म व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि पर्याप्त जानकारीे नभएको अवस्था रहेको छ । सेभ द चिल्ड्रेनको सहयोगमा स्थानीय सरकार र स्थानिय साझेदार संस्था एभरेष्ट क्लब, दैलेख र पहाडी क्षेत्र विकास अभियान, जाजरकोटसँगको सहकार्यमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी नीति, प्रक्रिया र प्रणालीहरुबारे दैलेख र जाजरकोटका स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि अभिमुखीकरण कार्यक्रमहरुको आयोजना गरियो । ठाँटीकाँध, नारायण, भेरी र शिवालयका १०० भन्दा बढी जनप्रतिनिधि र कर्मचारी सहभागी सो कार्यक्रमको सहजीकरण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सानुबाबु अधिकारी र सूचना प्रविधि इन्जिनियर उज्ज्वल मिश्रले गर्नुभएको थियो । बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न हामी सदैव प्रयत्नशील तथा क्रियाशील छौँ ।