Find the dream job you’ve always wanted..

Program Coordinator

Effective coordination skills strong communication skills

Dailekh

Apply now

Job Details

“हाम्रो चाहना सभ्य, स्वावलम्बी र समावेशी समाज निर्माणको परिकल्पना” भन्ने मूल नाराका साथ मिति २०५० भाद्र १० गते संघ संस्था दर्ता ऐन, २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय, दैलेखमा विधिवत् रूपमा दर्ता भएको एभरेष्ट क्लब दैलेख एक गैरनाफामुखी, गैरसरकारी संस्था हो।

संस्थाले आफ्ना सम्पूर्ण कार्यक्रमहरूलाई सामाजिक न्याय, समानता, पारदर्शिता, जवाफदेहिता, सहभागिता, साझेदारी, दिगोपन तथा मानव विविधताको सम्मानजस्ता मूल्य–मान्यतामा आधारित रही सञ्चालन गर्दै आएको छ।

स्थापनाकालदेखि नै संस्थाले विपन्न, सीमान्तकृत, जोखिममा रहेका तथा सेवाबाट वञ्चित समुदायलाई लक्षित गरी सामाजिक रूपान्तरणका विभिन्न पहलहरू अघि बढाउँदै आएको छ। यस निरन्तर प्रयासले संस्थालाई दिगो विकास, सामाजिक सशक्तीकरण तथा समावेशी विकासका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्थाका रूपमा स्थापित गरेको छ।

संस्थाले “जसको सवाल, उसैको सरोकार” भन्ने मान्यतालाई आत्मसात् गर्दै समुदायलाई आफ्नै विकास प्रक्रियाको केन्द्रमा राख्दै आएको छ। तीन दशकभन्दा लामो यात्रामा एभरेष्ट क्लबले कर्णाली प्रदेशका दैलेख, जाजरकोट, कालिकोट र जुम्ला जिल्लामा दिगो तथा प्रभावकारी विकासका विभिन्न पहलहरू सफलतापूर्वक कार्यान्वयन गर्दै आएको छ।

संस्थाले आफ्ना कार्यक्रम तथा गतिविधिहरूमा खाद्य सुरक्षा तथा जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, पोषण, लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण, जलवायु उत्थानशीलता, सुरक्षा तथा आपतकालीन राहतलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै आएको छ। यी कार्यक्रमहरूले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक अल्पसंख्यक, द्वन्द्व प्रभावित तथा गरिबीको रेखामुनि रहेका समुदायहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्‍याएका छन्।

एभरेष्ट क्लबले संघीय, प्रदेश तथा स्थानीय सरकारका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूसँग नजिकको सहकार्य र समन्वय गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

यसै सन्दर्भमा हेल्भेटास नेपालसँगको साझेदारीमा तथा एभरेष्ट क्लब दैलेखको प्राविधिक एवं सामाजिक सहजीकरणमा “एकीकृत जलस्रोत व्यवस्थापन (IWRM) कार्यक्रम” दैलेख तथा कालिकोट जिल्लाका निम्न स्थानीय तहहरूमा सञ्चालन हुन गइरहेको छ।

दैलेख जिल्ला:
नारायण नगरपालिका, दुल्लू नगरपालिका, चामुण्डा नगरपालिका, गुराँस गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका तथा महाबु गाउँपालिका।

कालिकोट जिल्ला:
खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, नरहरिनाथ गाउँपालिका, शुभकालिका गाउँपालिका तथा सान्नीत्रिवेणी गाउँपालिका।

उक्त कार्यक्रमअन्तर्गत कार्यक्रम संयोजक (Program Coordinator) पदमा आवश्यक योग्यता तथा अनुभव भएका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ।


दरखास्त आह्वान सम्बन्धी सूचना

विज्ञापन नं. ०१–०८३/०८४

पद: कार्यक्रम संयोजक (Program Coordinator)
कार्यक्रम: एकीकृत जलस्रोत व्यवस्थापन (IWRM) कार्यक्रम
आवश्यक संख्या: १ जना
कार्यक्षेत्र: एभरेष्ट क्लव, केन्द्रीय कार्यालय, नारायण नगरपालिका–१, नयाँ बजार, दैलेख

आवश्यक शैक्षिक योग्यता, अनुभव तथा दक्षता

१. सिभिल इन्जिनियरिङ विषयमा स्नातक (Bachelor's Degree in Civil Engineering) उत्तीर्ण गरी खानेपानी तथा सरसफाइ (WASH) क्षेत्रमा कम्तीमा २ वर्षको अनुभवसहित समग्रमा कम्तीमा ३ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ।

२. स्थानीय स्तरमा कार्यक्रम व्यवस्थापनसम्बन्धी अनुभव, ज्ञान तथा सीप भएको र नेपाली तथा अंग्रेजी भाषामा साझेदार संस्थाका तर्फबाट आवश्यक सम्पूर्ण प्रतिवेदन तयार गर्न सक्षम भएको हुनुपर्नेछ। साथै लेखन, प्रस्तुतीकरण तथा स्थानीय समुदाय र सरोकारवालासँग समन्वय गर्न सक्ने क्षमता भएको हुनुपर्नेछ।

३. Word, Excel, PowerPoint, तथ्याङ्क विश्लेषण तथा मानव श्रोत व्यवस्थापनमा सम्बन्धी ज्ञान तथा सीप भएको हुनुपर्नेछ।

४. खानेपानी तथा सरसफाइ योजनाहरूको सर्वेक्षण, डिजाइन तथा लागत इष्टिमेट तयार गर्न सक्नेलाई विशेष प्राथमिकता दिइनेछ।

५. अन्य वाञ्छनीय सीपहरूमा तनाव व्यवस्थापन, समय व्यवस्थापन, टिम व्यवस्थापन, सिक्ने–सिकाउने मनोवृत्ति तथा भौगोलिक रूपमा दुर्गम क्षेत्रमा काम गर्ने रुचि भएको हुनुपर्नेछ।

६. स्थानीय सरकारसँग प्रभावकारी समन्वय तथा सहकार्य गर्न सक्ने क्षमता भएको हुनुपर्नेछ।

७. इमान्दारिता तथा पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिक समानता तथा समावेशीकरणका सवालमा सचेत भएको हुनुपर्नेछ।

नोट

उल्लेखित पदको विस्तृत कार्य विवरण (Detailed Job Deion) निम्न तपशिलमा उल्लेखित लिंकबाट हेर्न सकिनेछ।

दरखास्तका लागि आवश्यक कागजातहरू

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।

  • शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि।

  • सम्बन्धित कार्य अनुभवका प्रमाणपत्रहरूको प्रतिलिपि।

  • अद्यावधिक गरिएको विस्तृत बायोडाटा (CV)।

  • २ जना रेफरेन्स व्यक्तिको विवरणसहितको CV।

  • आवेदन/निवेदन पत्र (Cover Letter)।

  • हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।

छनोटको प्रक्रिया

लिखित परीक्षा तथा अन्तर्वार्ता।

माथि उल्लेखित आवश्यक कागजातहरू सहित कार्यालयमा उपस्थित भई वा इमेलमार्फत दरखास्त पेश गर्न सकिनेछ।

म्याद नाघी प्राप्त भएका, तोकिएको शैक्षिक योग्यता वा अनुभव नपुगेका, तोकिएका मापदण्ड पूरा नगरेका वा रीत नपुगेका आवेदनहरू स्वीकृत गर्न संस्था बाध्य हुने छैन।

संस्थाले प्राप्त आवेदनहरू पूर्ण वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार सुरक्षित राख्दछ। प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनोट प्रक्रियामा सहभागी गराइनेछ।

सम्बन्धित प्रदेश जिल्ला र पालिकाका स्थानीय तह, यस अघि उस्तै प्रकृतिको कार्यक्रम परियोजनामा कार्य अनुभब भएका तथा समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत वर्गका उम्मेदवारहरूलाई दरखास्त पेश गर्न विशेष प्रोत्साहित गरिन्छ।

आवेदन बुझाउने ठेगाना

एभरेष्ट क्लव, दैलेख
नारायण नगरपालिका–१, नयाँ बजार, दैलेख

इमेल: hr@everestclub.org.np

दरखास्त दिने अन्तिम मिति: २०८३ भदौ ३० गतेसम्म