Find the dream job you’ve always wanted..

कृषि, जिविकोपार्जन तथा बजारिकरण सहजकर्ताका लागि आवश्यकता

JTA JT

Dailekh

Apply now

Job Details

संस्थाको जानकारी

“हाम्रो चाहाना सभ्य, स्वाबलम्बी र समावेशी समाज निर्माणको परिकल्पना” भन्ने मुल नाराका साथ, मिति २०५० भाद्र १० गते संघ संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय दैलेखमा विधिवत्रूपमा दर्ता भएको एभरेष्ट क्लब दैलेख एक गैर नाफामुखी, गैरसरकारी संस्था हो । संस्थाले आफ्नो सम्पूर्ण कार्यक्रमहरूलाई सामाजिक न्याय, समानता, पारदर्शिता, जवाफदेहिता, सहभागिता, साझेदारी, दिगोपन र मानव विविधताको सम्मान जस्ता मूल्य मान्यतामा आधारित राखी सञ्चालन गर्दै आएको छ । स्थापना कालदेखि नै संस्थाले विपन्न, सीमान्तकृत, जोखिममा परेका र सेवाबाट वञ्चित समुदायलाई लक्षित गरी सामाजिक रूपान्तरणको विविध पहलहरू अघि बढाउँदै आएको छ जसले संस्थालाई दिगो विकास, सामाजिक सशक्तीकरण र समावेशी विकासका क्षेत्रमा अग्रणी भूमिकामा स्थापित गराएको छ  |

संस्थाले ‘जसको सवाल, उसैको सरोकार’ भन्ने मान्यतालाई आत्मसात्गर्दै, समुदायलाई आफ्नै विकास प्रक्रियाको केन्द्रमा राखेको छ। आजसम्मको ३२ वर्षभन्दा लामो यात्रामा, एभरेष्ट क्लबले कर्णाली प्रदेशका दैलेख, जाजरकोट, कालिकोट र जुम्ला जिल्लामा दिगो र प्रभावकारी विकासका अनेकौं पहलहरू सफलतापूर्वक कार्यान्वयन गरेको छ । संस्थाले आफ्ना गतिविधिहरूलाई खाद्य सुरक्षा र जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, पोषण, लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण, वातावरण संरक्षण, जलवायू उत्थानशीलता, सुरक्षा र आपतकालीन राहत जस्ता क्षेत्रहरूमा प्राथमिकता दिएको छ । यी कार्यक्रमहरूले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, लैङ्गिक अल्पसंख्यक, द्वन्द्व प्रभावित तथा गरिबीको रेखामुनि रहेका समुदायहरूको जीवनमा प्रत्यक्ष सकारात्मक परिवर्तन ल्याएको छ ।

एभरेष्ट क्लबले संघीय, प्रदेश र स्थानीय सरकारसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग नजिकको सहकार्य र समन्वय गर्दै कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

केयर नेपाल र आइ डि इ नेपालको सहयोग र एभरेष्ट क्लव दैलेखको साँझेदारीमा संचालित पोषण परियोजना दैलेख जिल्लाको ५ वटा पालिकाहरु आठबिस नगरपालिका र भगवतिमाई,गुराँस,ठाटीकाँध र डुङ्गेश्वर गाँउपालिकामा लक्षित गाउँ÷पालिका भित्रका गरिब, सिमान्तकृत घरपरिवारका महिला र बालबालिकाहरु स्वस्थ, सुपोषित र खाद्य सुरक्षा सूनिश्चित गर्ने लक्ष्यका साथ पोषण परियोजना संचालनमा रहेको छ ।

विज्ञापन नं. ०८–०८२÷०८३

पद : कृषि, जिविकोपार्जन तथा बजारिकरण सहजकर्ता

आवश्यक संख्या : १ जना

कार्यक्षेत्र : डुङ्गेश्वर गाउँपालिका,दैलेख

परियोजना : पोषण परियोजना

परियोजना अवधि : जुलाई १, २०२५ देखि जुन ३०, २०२६

कृषि, जिविकोपार्जन तथा बजारिकरण सहजकर्ताको कार्य विवरण

▪ पालिका र समुदाय स्तरका क्रियाकलापहरुलाई प्रभावकारी रुपमा संचालन तथा कार्यान्वयन गर्न समुदायस्तरमा अनुकूल वातावरण सृनाक गर्न संस्था र परियोजनालाई सहयोग गर्ने ।

▪ कृषि विकास शाखा र पशु पंक्षि विकास शाखा, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य आमा समूहहरुसँग समन्वय गरि क्रियाकलापहरु संचालन गर्ने, स्वास्थ्य आमा समुहको मासिक बैठकहरु पोषण व्यवहार परिवर्तन सत्र संचालन गर्ने ।

▪ पोषण व्यवहार परिर्वतनका लागि सामाजिक हानिकारक सामाजिक अभ्यासहरु पहिचान गरी लैँगिक परिवर्तन मार्फत पोषण व्यवहारमा सुधार गर्न सामाजिक विश्लेषण र क्रियाकलाप विधिको प्रयोग गरि पोषण व्यवहार परिर्वतनका कक्षा संचालन गर्ने ।

▪ समाुदायिक परिवर्तनका संवाहकहरुलाई स्वास्थ्य आमा समुहमा परिचालन गरी सामाजिक हानिकारक अभ्यासहरु र मान्यताहरुलाई छलफलको माध्यबाट सहजिकरण गरि न्यनिकरण गर्ने ।

▪ सामाजिक हानिकारक अभ्यासहरु लाई सहजिकरण गरि समुदायका अगुवा र परम्परागत÷धार्मिक गुरुहरुहरुसँग संवाद कार्यक्रम सञ्चालन गर्ने ।

▪ स्वास्थ्य आमा समुहमा वित्तीय साक्षरता र उद्यमशीलता विकासका लागी सशक्तिकरणमा गर्न सहयोग गर्ने ।

▪ ५ वर्ष मुनिका बालबालिकाको पोषण लेखाजोखा गर्न महिला स्वयंसेविकाहरु लाई सहयोग गर्ने । कडा शिघ्र कुपोषित र मध्य शिघ्र कुपोषित बालबालिकाहरुकोपहिचान गरिएका परामर्श गर्ने । कडा शिघ्र कुपोषित बालबालिकाहरु लाई बहिरंग उपचार केन्द्रमा प्रेषण गर्न स्वास्थ्य चौकीसंग समन्वय गर्ने

▪ राष्ट्रिय अभियानहरू वृद्धि अनुगमन, गाउँघर क्लिनिक, खोप क्लिनिकहरुमा र स्वास्थ्य आमा समुहमा पोषण व्यवहार परिवर्तन कक्षलाई नियमित संचालन गर्ने ।

▪ पोषण बगैचा तयारका लागि अगुवा कृषक र स्वास्थ्य स्ंवयसेविकाहरु लाई नियमित प्राविधिक सहयोग गर्ने।

▪ सम्पुर्ण स्वास्थ्य आमा समुहका सदस्यहरुको घरमा अनिवार्य पोषण बगैँचा तयार गर्न जववायु कृषि अभ्यासहरूको लागि नियमित प्राविधिक सहयोग प्रदान गर्ने।

▪ पालिका र समुदाय स्तरका सम्पुर्ण क्रियाकलापहरूकोयोजना तथा कार्यान्वयनका लागि स्थानीय सरकार, परियोजनको लक्षित समुह, स्वास्थ्य आमा समूह, कृषक समूह र अन्य सरोकारवालासँग समन्वय तथा सहकार्य गर्ने।

▪ परियोजनाका लागि आवश्यकता अनुसार सेवा र बस्तुहरूको पहिचान गर्दै स्थानीय कुषि तथा खाद्य प्रणालीको प्रवद्र्धनका लागि समुदाय स्तरमा स्कोपिङ अभ्यासहरू सञ्चालन गर्ने।

▪ विद्यमान कमजोरी तथा अवसरहरू पहिचान गर्नेर आवश्यकता अनुसार बजारिकरणमा सहयोग प्रदान गर्ने।

▪ सुनौलो हजार दिनका आमाको घर र समुदाय स्तरमा खानाको विविधिकरणको लागि खाद्य सुरक्षा तथा आय आर्जनमा सुधार गर्न पोषण बगैँचा तयार गर्न नेतृत्व गर्ने।

▪ स्थानीय तहका सरोकारवालाहरू र स्वास्थ्य आमा समूहहरूको सुझावका आधारमा प्रस्तावित नया नवप्रवर्तनहरूको मूल्याङ्कन गर्न सहयोग गर्न ।

▪ क्रियाकलापहरु संचालन तथा कार्यान्वयन गर्दा समस्या र चुनौतीहरू देखा परेमा तुरुन्तै कार्यक्रम संयोकलाइ मौखिक र लिखित प्रतिवेदन तयार गर्ने।

▪ समुदाय स्तरमा क्रियाकलापहरूको सुपरिवेक्षण र अनुगमनका लागि नियमित तथा समय समयमा फिल्ड भ्रमण गर्ने र सबै विषयगत क्षेत्रहरू समुचित रूपमा एकीकृत भएको सुनिश्चित गर्ने।

▪ निर्धारित क्षेत्रभित्र कार्यक्रमको विस्तृत कार्यान्वयन योजना तयार गर्न र कार्यान्वयन गर्ने परियोजना प्रमुखलाई सहयोग गर्ने।

▪ समुदायबाट प्राप्त राम्रा अभ्यासहरू तथा सिकाइहरू समयमै सङ्कलन गर्ने, सफलताका कथा र परिवर्तनका कथाहरू तयार गरी सम्वन्धि मिल अधिकृत, कार्यक्रम संयोजक र सुपरभाइजरलाई पठाउने।

▪ वार्षिक कार्ययोजना, बजेट, र परियोजना उपलब्धिहरू अनुसार फिल्ड क्रियाकलापहरू सहि दिशामा भएको सुनिश्चित गर्ने ।

▪ स्थानीय सरकारको बार्षिक योजना निर्माण प्रक्रियामा परियोजनाका क्रियाकालपहरु समावेश गर्न सहयोग र सहजीकरण गर्ने

▪ कृषि इनपुट प्रणालीको सशक्तिकरणको लागि स्वास्थ्य तथा खानेपानी, सरसफाई र स्वच्छता सामग्री र आपुर्ति, सार्थै सामुदायिक समूहहरुमा इनपुट तथा आउटपुट बजारकोसमन्वय र सहकार्य गर्न बजार तथा व्यवसाय सहजीकरणकर्तासँग मिलेर काम गर्ने ।

▪ स्वास्थ्य आमा समूह, कृषक समूह, स्थानिय सहकारी र कृषकहरूलाई प्राविधिक सहयोग गर्न स्वास्थ्य आमा समूहकोमासिक बैठकहरू नियमित सहयोग गर्ने ।

▪ कृषक व्यवसाय पाठशाला दृष्टिकोणमा पोषणयुक्त खाद्य प्रणाली र पोषण व्यवहार परिवर्तन सम्बन्धी सहजीकरण गर्ने।

▪ डेटा गुणस्तर सुनिश्चित गरी डेटा सङ्कलन प्रणालीमा वास्तविक समयमा डेटा प्रविष्टिमा सहयोग गर्ने ।

▪ कृषि उपजहरुकोबजार व्यवस्थापन कार्यमा सहयोग गर्ने ।

▪ समुदायस्तरमा सञ्चालन गरिएका तालिम, बैठक तथा क्रियाकलापहरुको प्रतिवेदन तयार गरी सम्वन्धित परियोजना सुपरभाइजरलाई पेश गर्ने ।

▪ कार्यक्रम संयोजक, पालिका फोकल पर्सन, सुपरभाइजर र संस्थाको आवश्यक वा अनुरोध गरिएका अन्य कुनै पनि जिम्मेवारीहरू सञ्चालन गर्न सहयोग गर्ने।

योग्यता तथा अनुभव

मान्यता प्राप्त संस्थाबाट जुनियर टेक्निकल असिस्टेन्ट (JTA) वा जे.टी (JT) स्तर वा सो भन्दा माथि योग्यता भएको कृषि पोषणको क्षेत्रमा न्यूनतम २ बर्षको कार्य अनुभव भएको ।

आवश्यक कागजातहरु

▪ नेपाली नागरिकताको प्रमाण पत्र ।

▪ शैक्षिक प्रमाण पत्रहरु, अनुभव पत्र र नागरिकताको प्रतिलिपी

▪ आवेदकको विस्तृत बायो डाटा

▪ आवेदन पत्र सहित हाल सालै खिचेको फोटो

▪ छनोटको किसिमः लिखित तथा अन्तरवार्ता (दुवै) (Physically)

आवेदन बुझाउने ठेगना

एभरेष्ट क्लव दैलख, नारायण नगरपालिका, दैलेख

ईमेलः hr@everestclubnepal.org.np पनि आवेदन दिन सकिने छ ।

दरखास्त दिने अन्तिम मितिः २०८२ साल मंसिर १९ सम्म