परियोजना भिडियो वृत्तचित्र निर्माणका लागि परामर्शदाता वा कन्सल्टेन्सी आवश्यकता
Dailekh
Apply nowपरियोजना भिडियो वृत्तचित्र निर्माणका लागि परामर्शदाता वा कन्सल्टेन्सी आवश्यकता
“हाम्रो चाहाना सभ्य, स्वावलम्वी र समावेशी समाज निर्माणको परिकल्पना” भन्ने मुल नारा लिएर मिति २०५० भाद्र १० गते संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय दैलेखमा विधिवत रुपमा एभरेष्ट क्लव दैलेख नामक संस्था स्थापना भएको हो । यो संस्थाले समुदायमा रहेका बञ्चितीमा परी जीवन निर्वाह गर्न वाध्य भएका विपन्न तथा जोखिममा परेका वर्गलाई प्राकृतिक, आर्थिक, सामाजिक श्रोत र साधन एवम् प्रवाह हुने सेवा र सुविधामा समान सहभागिता, पहुँच, नियन्त्रण र स्वामित्व स्थापित गर्ने कार्यमा केन्द्रित भएर कार्य गर्ने गर्दछ । जसको सवाल उसैको सरोकार भन्ने मान्यतालाई उच्च कदर गरि संस्थाले हाल सम्म, शिक्षा, स्वास्थय, खानेपानी सरसफाई एव् स्वच्छता, पोषण, खाद्य सुरक्षा, संस्थागत विकास, महिला अधिकार, बाल अधिकार, मानव अधिकार, लघु उद्यम विकास र, उद्यमशिलता, विपद व्यवस्थापन लगायतका क्षेत्रहरूमा कार्य गर्दै आइरहेको छ ।
पहुँच परियोजना
सेभ द चिल्डेनसँगको साझेदारीमा सन् २०२२ जनवरी देखि बाल संवेदनशिल सामाजिक सुरक्षा – पहुँच कार्यक्रम दैलेख जिल्लाको दुई स्थानिय तह ठाटिकाँध गाउँपालिका र नारायण नगरपालिकामा कार्यान्वय हुदै जुन नोभेम्बर अन्तिम २०२५ मा सम्पन्न हुदैछ । नेपाल सरकारद्वारा प्रदान गरिने सामाजिक सुरक्षा भत्ता कार्यक्रमको प्रभावकारी कार्यान्वयन प्रणाली सबलीकरणकोे लागि स्थानीय सरकारसँग समन्वय तथा सहकार्य गर्दै बाल गरिवी न्युनीकरण गर्नु यस परियोजनाको प्रमुख उद्देश्य रहेको छ ।
परियोजना भिडियो वृत्तचित्र निर्माणका लागि परामर्शदाता वा कन्सल्टेन्सी आवश्यकता भएकोले तल उल्लेखित योग्यता पुगेका फर्मबाट विस्तृत विवरण सहित सन्दर्भ स्रोतको आधारमा आशय पत्र पेश गर्नका लागि आह्वान गरिएको छ ।
प्रस्तावना तथा आवश्यक कागजात पेश गर्ने प्रक्रिया:
प्राविधिक तथा आर्थिक प्रस्तावना खामबन्दि गरि एभरेष्ट क्लब दैलेखको कार्यालयमा बुझाउनुपर्नेछ । त्यसका लागि कार्यालयको ठेगाना तल उल्लेख गरिएकोछ ।
आपूर्ति विभाग, एभरेष्ट क्लब दैलेख
नारायण नगरपालिका– ०१, दैलेख
ईमेल ठेगाना: everestclub.hr.2050@gmail.com
फोन नम्बर: ०८९-४२०२५७
प्रस्तावना बुझाउने अन्तिम मिति: २०८२ श्रावण २२ गते