Find the dream job you’ve always wanted..

पोषण तथा खानेपानी, सरसफाइ तथा स्वच्छता सहजकर्ताका आवश्यकता सम्वन्धि सूचना

Health Assistant Auxiliary Nurse Midwife

Dailekh

Apply now

Job Details

हाम्रो चाहाना सभ्यस्वावलम्वी र समावेशी समाज निर्माणको परिकल्पना” भन्ने मुल नारा लिएर मिति २०५० भाद्र १० गते संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय दैलेखमा विधिवत रुपमा एभरेष्ट क्लव दैलेख नामक संस्था स्थापना भएको हो । यो संस्थाले समुदायमा रहेका बञ्चितीमा परी जीवन निर्वाह गर्न वाध्य भएका विपन्न तथा जोखिममा परेका  वर्गलाई प्राकृतिकआर्थिकसामाजिक श्रोत र साधन एवम् प्रवाह हुने सेवा र सुविधामा समान सहभागितापहुँचनियन्त्रण र स्वामित्व स्थापित गर्ने कार्यमा केन्द्रित भएर कार्य गर्ने गर्दछ । जसको सवाल उसैको सरोकार भन्ने मान्यतालाई उच्च कदर गरि संस्थाले हाल सम्मशिक्षास्वास्थयखानेपानी सरसफाई एव् स्वच्छतापोषणखाद्य सुरक्षासंस्थागत विकासमहिला अधिकारबाल अधिकारमानव अधिकारलघु उद्यम विकास रउद्यमशिलताविपद व्यवस्थापन लगायतका क्षेत्रहरूमा कार्य गर्दै आइरहेको छ ।

केयर नेपाल र आइ डि इ नेपालको संयुक्त साझेदारीमा एभरेष्ट क्लवको सहजिकरणमा दैलेख जिल्लाको वटा नगरपालिका र ४ वटा गाँउपालिकाहरुमा खाद्य सुरक्षापोषणस्वास्थ्यसरसफाई तथा स्वचछताबजारिकरणलैगिक समानता र सामाजिक समावेशिकरण र लक्ष्ति वर्गहरुको व्यवहारमा रुपान्तरण गर्दै उनीहरुको पूर्ण क्षमताको बिकास गर्नु रहेका छ ।

विज्ञापन नं. ०१–०८२/०८३

पद : पोषण ताथ खानेपानीसरसफाइ तथा स्वच्छता सहजकर्ता

आवश्यक संख्या : १ जना (महिलां)

कार्यक्षेत्र : भगवतिमाई गाउँपालिकादैलेख

परियोजना : पोषण परियोजना

परियोजना अवधि : जुलाई १२०२५ देखि जुन ३०२०२६


·       परियोजनाका गतिविधिहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न स्थानीय सरकार र समुदायस्तरमा अनुकूल वातावरण निर्माण गर्न परियोजना इकाईलाई सहयोग गर्नु ।

·       स्वास्थ्य संस्थाहरु, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहहरुसँग समन्वय स्थापना सहजीकरण गर्ने, लक्षित समुदायको नियमित बैठकहरु, अनुगमन गर्नु, व्यवहार परिवर्तन सत्र सञ्चालन गर्नुको साथै समसामायिक विषय वस्तुमा छलफल गर्ने।

·       हानिकारक सामाजिक परम्परा पहिचान गरी लैँगिक परिवर्तन मार्फत पोषण सुधारमा सामाजिक विश्लेषण र क्रियाकलाप उपकरणहरु (एसएए)  प्रयोग गर्ने ।

·       परिवर्तन नेतृत्वकर्ता पहिचान गरी समुदाय परिचालनमार्फत हानिकारक सामाजिक मान्यताहरु उन्मूलन गर्न उनीहरुलाई सक्रिय बनाउने ।

·       हानिकारक सामाजिक परम्पराहरु विरुद्ध समुदायका अगुवा र परम्परागत/धार्मिक गुरुहरु, स्वास्थ्यकर्मीहरुसँग संवाद कार्यक्रम सञ्चान गर्ने ।

·       VSLA, वित्तीय साक्षरता र उद्यमशीलता विकासका माध्यमबाट संस्था निर्माण र सशक्तिकरणमा सहयोग गर्ने ।

·       स्थानीय सरकार, पालिका शाखाहरु, स्वास्थ्य संस्था, लाभग्राही समूहहरुसँग समन्वय र सहकार्यमा सुद्दढ गर्ने ।

·       परियोजना इकाईलाई Supply Chain व्यवस्थापन प्रणाली स्थापना गर्न सहयोग गर्ने ।

·       प्रचलित नीति, नियम र योजनाहरुको कार्यान्वयनमा सहयोग गर्नुको साथै नीतिगत कमजोरीहरुका विषयमा निरन्तर वकालत गर्ने ।

·       तोकिएको क्षेत्रका स्वास्थ्य संस्था, वडा र नगरपालिका/गाउँपालिका तहमा स्वास्थ्य तथा स्वास्थ्य तथा खानेपानी, सरसफाई र स्वच्छता गतिविधहरु, (स्वास्थयका लागि सहायक सुपरिवेक्षण तथा प्राविधिक सहायता, समुदाय स्वास्थ्य मुल्याङ्कन पार्टी, नियमित तथ्याङ्क गुणस्तर मुल्याङ्कन, न्यूनतम सेवा मापदण्ड, अनसाइट कोचिङ, OTC व्यवस्थापन, कार्यान्वयन तथा अनुगमन गर्नु ।

·       स्थानीय सरकारको बार्षिक योजना निर्माण प्रक्रियामा परियोजनाका गतिविधिहरु समावेश गर्न सहयोग र सहजीकरण गर्नु ।

·       कृषक पाठशाला मार्फत पोषणयुक्त खाद्य प्रणाली र व्यवहार परिवर्तन सम्वन्धी सत्र, दिवस तथा अभियान कार्यक्रमहरुमा सहजीकरण गर्न वा नेतृत्व गर्न सहयोग गर्ने ।

·       कृषि इनपुट प्रणालीको सशक्तिकरणको लागि स्वास्थ्य तथा खानेपानी, सरसफाई र स्वच्छता सामग्री र आपुर्ति, सार्थै सामुदायिक समूहहरुमा इनपुट तथा आउटपुट समर्थनमा समन्वय र सहकार्य गर्न बजार तथा व्यवसाय सहजीकरणकर्तासँग मिलेर काम गर्ने ।

·       पोषण, स्वास्थ्य तथा खानेपानी, सरसफाई र स्वच्छता सम्वन्धी कृषक तालिमका गतिविधिहरुका लागि अभिमुखीकरण सत्रहरु सञ्चालन गर्न सहजीकरण गर्ने ।

·       कृषि उपजहरुको (Post-harvest) र बजार व्यवस्थापन कार्यमा सहयोग गर्ने ।

·       समुदायस्तरमा सञ्चालन गरिएका तालिम, बैठक तथा क्रियाकलापहरुको प्रतिवेदन तयार गरी सम्वन्धित परियोजना सुपरभाइजरलाई पेश गर्ने ।

·       स्वास्थ्य संस्थ सञ्चालन तथा व्यवस्थापन समिति बैठक PHC/ORC, स्वास्थ्य तथा खानेपानी, सरसफाई र स्वच्छतासत्र, तथा खोप क्लिनिकहरुमा नियमित सहभागी हुने ।

·       पोषण परियोजनसँग जोडिएका समुदायका घरेलु शौचालय मर्मत, हात धुने संरचना निर्माण/पुननिर्माण, वाटर पिट, भाँडा सुकाउने प्याक, धुवाँरहित चुल्हो प्रवद्र्धनमा सहजिकरण गर्ने ।

·       सुरक्षित खानेपानी पहुँचको मूल्याङ्कन तथा समुदायस्तरमा एकीकृत जल सुरक्षा योजना (IWSP) को कार्यान्वयनमा नेतृत्व लिई सम्बन्धित सरोकारवालासँग आवश्यक बजेटको लागि समन्वय गर्ने ।

·       स्वास्थ्य तथा खानेपानी, सरसफाई र स्वच्छता, पोषण र स्वास्थ्य सम्वन्धी सामुदायिक अभियान सञ्चालन गर्ने ।

योग्यता तथा अनुभव

हेल्थ असिस्टेन्ट, ए.एन.एमसि.एम.ए, पि.सि.एल नर्सिङ्ग विषयमा उत्तिर्ण भई पोषण तथा मातृशिशु वा खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रमा कम्तिमा १ वर्षको कार्य अनुभव भएको ।

आवश्यक कागजातहरु

·       नेपाली नागरिकताको प्रमाण पत्र ।

·       शैक्षिक प्रमाण पत्रहरु, अनुभव पत्र र नागरिकताको प्रतिलिपी

·       आवेदकको विस्तृत बायो डाटा

·       आवेदन पत्र सहित हाल सालै खिचेको फोटा

·       छनोटको किसिमः लिखित तथा अन्तरवार्ता (दुवै) (Physically)   

आवेदन बुझाउने ठेगना

एभरेष्ट क्लव दैलख, नारायण नगरपालिका, दैलेख

ईमेलः hr@everestclubnepal.org.np पनि आवेदन दिन सकिने छ । 

दरखास्त दिने अन्तिम मितिः २०८२ श्रावण २० सम्म